स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । ‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै भएको थिएन’ मुद्दा दायर गर्ने मध्येकी एक इडा एडलिङ अरोराले बताइन् । शुक्रवार शहरमा भएको विरोध प्रदर्शनको क्रममा स्टकहोम जिल्ला अदालतमा प्रतीकात्मक रूपमा पेस गरिएको मुद्दा पहिले इलेक्ट्रोनिक रूपमा अर्को स्टकहोम अदालतमा दायर गरिएको अरोराले बताइन । स्वीडेनको नयाँ दक्षिणपन्थी