खोटाङ – खोटाङमा वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गतको कार्यक्रम खोटाङका विभिन्न ठाँउबाट प्रतिनिधित्व गर्नुभएका २७ जना प्रहरीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख नायब उपरीक्षक उमेश लम्साल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार ...