काठमाडाैँ- माछापुच्छ्रे बैंकको सञ्चालक समितिकाे अध्यक्षमा डा. उपेन्द्र महताे नियुक्त भएका छन्। सोमबार बसेको ४७२औँ संचालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको हाे। समितिले बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतोले दिनुभएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो। गैरआवासीय संघका संस्थापक अध्यक्ष समेत रहका डा. उपेन्द्र महतो उद्यमी पनि हुन्।