सुर्खेत विमानस्थल धावनमार्ग विस्तारमा दल सहमत

वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि सहजीकरण गरिदिन सङ्घीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मासमक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको नेतृत्वमा सांसद हृदयराम थानी, प्रदेश सभा सदस्य यामलाल कँडेलसहितको टोलीले सो आग्रह गरेको हो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी सर्वपक्षीय भेलाको निष्कर्ष र नगर कार्यपालिकाको निर्णय मुख्यमन्त्री शर्मालाई बुझाएको थियो ।

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

कर्णाली – वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे आज सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । विमानस्थल विस्तार […]

आजदेखि सुर्खेत विमानस्थल पुनः सञ्चालनमा

मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान

पुनः सञ्चालनमा आउँदै सुर्खेत विमानस्थल

गत मंसिर १० गतेदेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आज (मंगलबार) देखि विमानस्थल सञ्चालन गर्न लागिएको हो । मंसिर १० गतेदेखि विमानस्थल मर्मतको काम थालिएको थियो।

सुर्खेत विमानस्थलको मर्मतको काम सकियो, मंगलबारदेखि नियमित सञ्चालनमा आउने

४ पुस, काठमाडौं । धावनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस (मंगलबार)देखि खुल्ने भएको छ । विमानस्थल १० मंसिरदेखि बन्द भएको थियो । विमानस्थल ६ पुसदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् । सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले […]

सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द

सुर्खेत, मंसिर ५ । सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । धावनमार्ग मर्मतका लागि विमानस्थल १० गतेदेखि माघ दोस्रो सातासम्म बन्द हुनेछ । सुर्खेत विमानस्थल बन्द हँदा वायुसेवा कम्पनीहरुले नेपालगञ्जको विमानस्थललाई वैकल्पिक रुपमा प्रयोग गर्ने छन् […]

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत- सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो । धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी […]

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

धानवमार्ग (रनवे) मर्मतसम्भार गर्नका लागि सुर्खेत विमानस्थल बन्द हुने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।

सुर्खेत विमानस्थल उत्तरतर्फ मात्रै विस्तार गरिने

विमानस्थल विस्तारमा अवरोध पुर्‍याएका स्थानीयको विवाद सुल्झाउँदै सुर्खेत विमानस्थल विस्तारको काम सुरु गरिने भएको छ । विमानस्थल विस्तार गर्दा धेरै स्थानीयको उठीबास हुने भन्दै अवरोध गरेका स्थानीयबासीसँग उत्तरतर्फ धावनमार्ग विस्तार गर्ने सहमति भएपछि विस्तारको काम सुरु हुने भएको हो ।