काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले सिट बाँडफाँड गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खाली रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन्। आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५ दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५-५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने