नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू वाम एकताको पक्षमा रहेको प्रस्ट पारेका छन् । उनले वाम एकताको आवश्यकताबारे बहस र छलफल चलाउनुपर्ने बताए । सोमबार गुल्मीको तम्घासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकका लागि वाम एकता आवश्यक रहे पनि ठुला कम्युनिस्ट पार्टी नै एकताको पक्षमा नरहेको बताए ।पार्टीको निर्देशनअनुसार आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिने नेता खनालले बताए । पार्टीको गुल्मी जिल्ला संगठनले सञ्चा