नेपालको संविधान २०७२ लागू भएपछि परिवर्तनकामी राजनीतिक दलहरू, र उनीहरूकै कथनमा जनताको चाहनाअनुरूपको संघीय गणतन्त्रात्मक राजनीतिक व्यवस्था स्थापना भएको छ । अब राजनीतिक व्यवस्था परिवर्तनको जटिल लडाइँ सकिएको छ । यसको अर्थ, अब सम्पूर्ण राजनीतिक ऊर्जा मुलुकको विकास, आमजनताको सुख र दिगो समृद्धिमा केन्द्रित हुन्छ र हुनुपर्छ,अनि यही नै राष्ट्रिय ध्येय, उद्देश्य र कार्यक्रम हुनुपर्छ ।