टोकियो ओलम्पिकः ५३ देशले जिते १८० वटा स्वर्ण पदक

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’मा हालसम्म १८० स्वर्ण पदकको टुङ्गो लागेको छ।पछिल्लो विवरणअनुसार हालसम्म ५३ देश एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म चीनले २४,अमेरिकाले २०, जापानले १७,अष्ट्रेलियाले १४,रुसी खेलाडीले १२, बेलायतले १०, फ्रान्सले ५,दक्षिण कोरियाले ५ र इटाली, नेदरल्याण्ड्स, जर्मनी, न्जुजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा स्वर्ण जितेका छन्। क्यानडा, स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः ६० देशले जिते २४४ वटा स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को १३औं दिनसम्म आइपुग्दा विश्वका ६० देशले एक वा एकभन्दा बढी स्वर्ण पदक जित्न सफल भएका छन्।हालसम्म २४४ स्वर्ण पदकको टुङ्गो लागिसक्दा सबैभन्दा बढी चीनले ३२ वटा जितेको छ। यस्तै, अमेरिकाले २५, जापानले २१, बेलायतले १५,अष्ट्रेलियाले १५, रुसी खेलाडीले १४, जर्मनीले ९ र फ्रान्स, इटाली, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजल्याण्डले ६–६ वटा स्वर्ण हात पारेका छन्।

टोकियो ओलम्पिकः ५७ देशले जिते २२५ स्वर्ण

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म २२५ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आयोजकका अनुसार ५७ देशले एक वा एकभन्दा बढी स्वर्ण हात पारेका छन्।हालसम्म सबैभन्दा बढी चीनले ३२ वटा स्वर्ण पदक जितेको छ। अमेरिकाले २४, जापानले १९, अष्ट्रेलियाले १४, रुसी खेलाडीले १३, बेलायतले १३, जर्मनीले ८, फ्रान्स, नेदरल्याण्ड्स, दक्षिण कोरिया र न्यूजिल्याण्डले ६–६ र इटालीले ५ वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः ५१ देशको पोल्टामा २०० स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को ११ औं दिनको बिहानसम्म २०० स्वर्ण पदकको छिनोफानो भएको छ।हालसम्म ५१ देश तथा क्षेत्रले एक वा बढी स्वर्ण पदक हात पारेका छन्।चीनले २९,अमेरिकाले २२,जापानले १७, अष्ट्रेलियाले १७,रुसी खेलाडीले १२, बेलायतले ११,फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ६-६ र नेदरल्याण्ड्ले ५ स्वर्ण जितेका छन्। स्तै, इटाली,न्युजिल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा,क्यानडा,स्वीट्जरल्याण्ड र क्रोएसियाले तीन–तीन वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः बेलायतद्वारा पौडीमा विश्व कीर्तिमान

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमान राख्दै स्वर्ण पदक जितेको छ।

टोकियो ओलम्पिकः ४० देश तथा क्षेत्रले हात पारे ११५ स्वर्ण पदक

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म ४० देशले एक वा बढी स्वर्णपदक हात पारेका छन्।कुल ११५ स्वर्ण पदकको टुङ्गो लागिसक्दा पदक तालिकाको शीर्ष स्थानमा चीन रहेको छ। हालसम्म चीनले १५, जापानले १५, अमेरिकाले १४, रुसी खेलाडीले ८, अष्ट्रेलियाले ८, बेलायतले ५, दक्षिण कोरियाले ४, फ्रान्स, जर्मनी र क्यानडाले ३÷३ तथा इटाली, नेदरल्याण्ड्स, न्युजल्याण्ड, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले दुई–दुई स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः चौथो दिन बिहानसम्म २४ देश तथा क्षेत्रले हात पारे स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक २०२० को चौथो दिन बिहानसम्म कुल २४ देश तथा क्षेत्रले कम्तिमा एउटा स्वर्ण पदक हात पारेका छन्।हालसम्म जापानले ८,अमेरिकाले ७, चीनले ६,रुसी खेलाडीले ४,बेलायतले ३, दक्षिण कोरियाले ३ र अष्ट्रेलिया र कोसोभोले दुई–दुई वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, फ्रान्स, क्यानडा, हंगेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अष्ट्रिया, बर्मुडा,इक्वेडर, हङकङ,इरान, नर्वे, फिलिपिन्स,थाइल्याण्ड र उज्वेकिस्तानले एक–एक वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण

एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।