युरो–२०२०ः सेमिफाइनल प्रवेशका लागि कसको भिडन्त कोसँग ?

एजेन्सी। केही अप्रत्यासित नतिजासहित युरो–२०२०मा अन्तिम–१६ का खेल सकिएको छ। रोमाञ्चक जितसँगै आठ टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। साविक विजेता पोर्चुगललाई हराएको बेल्जियमले अब इटालीविरुद्ध खेल्नेछ। विश्व विजेता फ्रान्सलाई पाखा लगाएको स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। डेनमार्कले चेक गणतन्त्रविरुद्ध खेल्दा युक्रेनले इङ्ल्यान्डसँग भिड्नेछ। इङ्ल्यान्डले जर्मनी तथा युक्रेनले स्विडेनलाई हराएको थियो। चेक गणतन्त्रले नेदरल्यान्ड्स र डेनमार्कले वेल्सलाई हराएको थियो।

सम्बन्धित सामग्री

कोपा अमेरिकाको क्वाटरफाइनलमा कसको भिडन्त कोसँग ?

काठमाडौं।कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ।यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ।