काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गरिरहनुभएको छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले प्रतिनिधि सभा (संसद्) भवन नयाँ बानेश्वरमा पूर्व–सभामुखहरूसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व–सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । छलफलमा पूर्व–सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती ...