अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले ‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माण, हाम्रो अभियान’ अगाडि बढाइएको बताएका छन् ।पछिल्लो समयमा विकास निर्माण कार्यमा बढ्दै गएको अनियमितता एवम् भ्रष्टचार न्यूनीकरण गरी सुशासन एवम् सदाचारयुक्त समाज निर्माण गर्ने मूल ध्येयले भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माणको अभियान थालिएको प्रमुख दाहालले बताएका हुन् । “कर्णालीको भूगोल आफैँमा अप्ठ्यारो हुँदा अख्तियारवाला निकाय सजिलै पुग्ने अवस्था छैन,”