कपिलवस्तु– मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो । बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ […]