नयाँ गठबन्धनमा जान जनमतले माग्यो १० पुसको सहमति कार्यान्वयन

जनमत पार्टीले नयाँ गठबन्धनको सरकारमा जान १० पुस २०७९ भएको भद्र सहमति सम्झाएको छ ।

सम्बन्धित सामग्री

गठबन्धन छोड्ने समाजवादीको चेतावनी

एकीकृत समाजवादी (एस) ले पूर्वसहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नपाए सत्ता गठबन्धन छाड्ने चेतावनी दिएको छ । आफ्नो दललाई मुख्यमन्त्री दिने भन्ने विगतको सहमतिविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ) पक्षका कैलाश चौधरीलाई अघि सारेको एसको आरोप छ । एसले सहमति कार्यान्वयन नहुने हो भने सत्ता गठबन्धनमा बसिरहनुको औचित्य नहुने बताएको हो ।

शीर्ष नेतृत्वको निर्णय कार्यान्वयनमा तयार : नेता आङबो

इलाम : नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले शीर्ष नेताहरूले गरेको निर्णय कार्यान्वयन गर्न आफू तयार रहेको बताए। उनले प्रदेश सरकारको औपचारिक निर्णय नहुँदासम्म मुख्यमन्त्रीमा दाबी रहेको उल्लेख गर्दै माओवादी पार्टीको इमान्दार सिपाही भएकाले गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्नु कर्तव्य रहेको बताए।उनले सकसपूर्ण भए पनि निर्णय कार्यान्वयनमा लागि अन्तिमसम्म लागिरहने बताए। कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठ

'रामचन्द्रले गठबन्धनको मात्रै राष्ट्रपति बन्ने काम गर्नुहुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन्।नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन्। उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे।शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिल

टरेकै हो त बागमतीका मुख्यमन्त्रीमाथिको संकट?

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको संकट टरेको छ। बागमतीमा सरकार पुनर्गठन गर्न सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रयास गरेको थियो। गठबन्धनमा भएको पूर्वसहमति अनुसार सरकारको बाँकी कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गर्दै कांग्रेसले सरकार पुनर्गठनका लागि पहल गरेको थियो। माओवादीले पनि विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै कांग्रेसको होष्टेमा हैँसे गरेको थियो। पदबाट राजीनामा गरेर मार्गप्रशस्त गर्न मुख्यमन्त्

गठबन्धनमा समाजवादी ‘बाइपास’

स्थानीय तह निर्वाचनमा देशभर पाँच दलीय गठबन्धन गरेर चुनाव लड्ने सैद्धान्तिक सहमति गरे पनि मतदान मिति नजिकिँदै जाँदा गठबन्धनमा उक्त सहमति कार्यान्वयन नहुने देखिएको छ ।नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताएका छन् । उनीहरूले सहमति कार्यान्वयनमा काँग्रेस माओवादी जिम्मेवार नभएको समेत आरोप लगाएका छन् । काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँ