बेलायती सांसद सर डेभिड आमेसको हत्या गर्ने आतंकवादीको तस्वीर सार्वजनिक गरिएको छ ।
अली हर्बी अली नामक २५ वर्षीय युवकलाई प्रहरीले आमेसको हत्याको आरोपमा पक्राउ गरेको छ । कन्जर्भेटिभ पार्टीका आमेस आफ्नो क्षेत्र साउथएन्ड वेस्टमा जनतालाई शुक्रवार अपराह्न भेट्न जाँदा पक्राउ परेका थिए ।
इस्लामी अतिवादीले ६९ वर्षीय आमेसलाई नै किन आक्रमण गरेको हो भन्ने विषयमा प्रहरी र गुप्तचर अधिकारीहरूले केही थाहा पाउन सकेका छैनन् ।
आमेस कट्टर क्याथोलिक र ब्रेक्जिटपक्षधर भउकाले उनलाई राजनीतिक विचारधारा वा धर्मको आधारमा आक्रमण ...