काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्ती मगर भारतीय फुटबल लिग आइ लिग खेल्न कोलकता पुगेका छन्। उनलाई मोहन बगानले यस सिजनको बाँकी समयको लागि दुई दिन अगाडी अनुबन्ध गरेको हो।
विमलले सोमबार क्लबले गरेको पत्रकार सम्मेलनमा मोहन बगान आउन पाउँदा खुशी लागेको र खेल्न उत्साहित भएको बताए।