नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् । शनिवार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए । दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । अध्यक्ष ओ