काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ ।
समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी ...