विद्यार्थी संगठनहरूले जसरी भएपनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन त्रिभुवन विश्वविद्यालयसँग माग गरेका छन् । विभिन्न बहाना बनाएर स्ववियु चुनाव नगराउने खेल भइरहेको भन्दै विद्यार्थी संगठनहरूले त्रिविको ध्यानाकर्षण गराएका हुन् । चुनावका विषयलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज विद्यार्थी संगठनहरूसँग छलफल गरेको थियो । छलफलको क्रममा विद्यार्थी संगठनका प्रतिनिधिहरू जुनसुकै हालतमा पनि चुनाव हुनुपर्नेमा जोड दिएका हुन् । परिषद्का प्रमुख पशुपति अधि