झापा : झापाको कचनकवलका एक जनाको जलेर मृत्यु भएको छ। कचनकवल गाउँपालिका-१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्। प्रहरीका अनुसार एकतले काठको खम्बा, टीनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ। आगलागीमा परी उनको घर जलेर नष्ट भएको छ भने एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जना