सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ ? भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिएका छन् । आयोगका एक आयुक्तले रातोपाटीसँग भने, ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’ आयोगका