कञ्चनपुर : बिष्फोटक पदार्थ निस्कृय बनाउने क्रममा घाइते भएका नेपाली सेनाका प्राविधिक जमदार शिवलाल तिवारीको उपचारका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई लाख आर्थिक सहयोग उपलव्ध गराएको छ।नेपाल प्रहरी प्रधान कार्यालयद्वारा उपलव्ध गराएको रकम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले नेपाली सेनाका काली दल गणका गणपति प्रदीप थापालाई हस्तान्तरण गरेका छन्। आर्थिक सहयोग ग्रहण गर्दै थापाले नेपाल प्रहरीबाट प्राप्त सहयोग तिवारीलाई तत्काल हस्तान्तरण गरिने बताए।नेपा