प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’ [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्‍याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनविरुद्ध ‘नागरिक खबरदारी’

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ ।  प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताए ।

सहिदको शालिकमुनि सुतेर विरोध

प्रतिनिधिसभा विघटनविरुद्ध श्रंखलाबद्ध आन्दोलन गरिरहेको नागरिक आन्दोलनले टेकुस्थित पचलीघाटमा सहिद शुक्रराज शास्त्रीको शालिकमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिल्पी थिएटरले नाटक प्रस्तुति पनि गरेको थियो ।  कार्यक्रममा लेखक नारायण...

प्रतिनिधिसभा विघटनविरुद्ध झापामा नागरिक प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा नागरिक स्तरबाट प्रदर्शन सुरुआत भएको छ । विभिन्न पेशाकर्मी, संघसंस्था, नागरिक अगुवा र दलको संयुक्त आयोजनामा ओलीको कदमविरुद्ध प्रदर्शन भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँकडभिट्टामा नागरिक अगुवाको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वी सीमान्त सहर काँकडभिट्टामा नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा असंवैधानिक कदमविरुद्ध प्रदर्शन भएको हो ।  ओलीको असंवैधानिक कदमविरुद्ध यो झापामा पहिलो नागरिक आन्दोलन हो...

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडाैंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । कार्यक्रममा बाेल्दै डा‌‍. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेकाे र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । प्रदर्शनकारीहरुले 'प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।', 'संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।', दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।' लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]

डम्फूसहित प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा नागरिक आन्दोलन

संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ।