अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ ट्रिलियन अमेरिकी डलर बराबरको नयाँ बजेट प्रस्ताव गरेका छन्। प्रस्तावित बजेटको आकार नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार ६९ नील ६० खर्ब रुपैयाँ बराबरको हो।
बाइडेनले आफ्नो कार्यकालको पहिलो बजेट प्रस्ताव जारी गरेका हुन्। धनी मानिसहरूले तिर्नुपर्ने कर अझै बढाउनेगरी बाइडेनले बजेट अघि सारेका हुन्। यो बजेटको राशी अमेरिकी इतिहासमा स्वाभावतः अहिलेसम्मकै ठूलो हो।
बजेटमा सामाजिक कल्याणका नयाँ योजनाका साथै जलवायु परिवर्तनसँग जुध्नका लागि आवश्यक लगानी पनि व्यवस्था ग...