कास्की – राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनुभएकाे छ । आज साेमवार पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको बताउनुभयाे । उहाँले पहिले–पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकाेमा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको उल्लेख गर्नुभयाे ।
राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिबाना गर्ने कुरा ठूलो भएको भन्दै यसमा गाम्भीर्यता आवश्यक रहेकाे बताउनुभयाे ।
...