खर्च वृद्धि हुँदा एनआइबिएल सहभागिता फण्ड रू. ३० लाख ९४ हजार नोक्सानीमा

फागुन १२, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा रू. ३० लाख ९४ हजार नोक्सानी व्यहोरेको छ । फण्डले पुस मसान्तसम्ममा रू. ५९ लाख २५ हजार नाफा कमाएको थियो । माघ महीनामा खर्चमा वृद्धि भएसँगै फण्ड नोक्सानीमा गएको हो । पुस मसान्तसम्ममा फण्डको कुल खर्च रू. ३९ लाख ४५ हजार रहेकोमा माघ महीनामा बढेर रू. ४६ लाख १३ हजार पुगेको छ ।  त्यसैगरी फण्डको आम्दानी पनि घटेको छ । पुस मसान्तसम्ममा फण्डले रू. ९८ लाख ७१ हजार आम्दानी भएकोमा माघ महीनामा घटेर रू. १५ लाख १९ हजार मा झरेको हो । फण्डको सूचीकृत शेयरमा लगानी भने पुस महीनाको तुलनामा माघ महीनामा बढेको छ ।  पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २७ करोड ९१ लाख लगानी गरेको उक्त फण्डको माघ मसान्तसम्ममा यो लगानी बढेर रू. २८ करोड ९३ लाख पुगेको छ । माघ महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो ।  त्यसैगरी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने पुस मसान्तसम्ममा रू. १२ दशमलव ६२ रहेकोमा माघ महीनामा घटेर रू. १२ दशमलव ४० मा झरेको छ ।   

सम्बन्धित सामग्री

फागुन मसान्तसम्ममा एनआइबिएल सहभागिता फण्डको  एनएभी रू. १२.११

चैत १३, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तमा घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी रू.१२ दशलमव ४० रहेकोमा फागुन मसान्तसम्ममा रू. १२ दशमलव ११ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी पनि माघ महीनाको तुलनामा फागुन महीनामा बढेको छ । माघ मसान्तसम्ममा रू. ३० लाख ९४ हजार नोक्सानीमा रहेको उक्त  फण्डको नोक्सानी फागुन मसान्तसम्ममा रू. १ करोड ४३ लाख पुगेको हो । फागुन मसान्तसम्ममा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी रू. ९० लाख २३ हजार नोक्सानी बढेको हो । माघ मसान्तसम्मा फण्डको जम्मा खर्च रू. ४६ लाख १३ हजार रहेकोमा फागुन मसान्तसम्ममा बढेर रू. ५३ लाख २२ हजार पुगेको हो ।  त्यसैगरी फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २८ करोड ९३ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा घटेर रू. २७ करोड ६६ लाखमा झरेको छ ।