चैत १३, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तमा घटेको छ । माघ मसान्तसम्ममा फण्डको एनएभी रू.१२ दशलमव ४० रहेकोमा फागुन मसान्तसम्ममा रू. १२ दशमलव ११ कायम भएको हो ।
त्यसैगरी फण्डको नोक्सानी पनि माघ महीनाको तुलनामा फागुन महीनामा बढेको छ । माघ मसान्तसम्ममा रू. ३० लाख ९४ हजार नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी फागुन मसान्तसम्ममा रू. १ करोड ४३ लाख पुगेको हो । फागुन मसान्तसम्ममा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी रू. ९० लाख २३ हजार नोक्सानी बढेको हो ।
माघ मसान्तसम्मा फण्डको जम्मा खर्च रू. ४६ लाख १३ हजार रहेकोमा फागुन मसान्तसम्ममा बढेर रू. ५३ लाख २२ हजार पुगेको हो । त्यसैगरी फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २८ करोड ९३ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा घटेर रू. २७ करोड ६६ लाखमा झरेको छ ।