रूपन्देहीको तिलोत्तमा नगरपालिकामा देशकै पहिलो नमुना दुग्ध उद्योग स्थापना हुने भएको छ । सहकारी ऐन, २०७४ तथा प्रदेश सहकारी ऐन, २०७६ को व्यवस्थाअनुसार विभिन्न प्रकृतिका सहकारीको लगानीमा उद्योग व्यवसाय सञ्चालन गर्ने गरी स्थापना भएको लुम्बिनी विशिष्टीकृत सहकारी संघले उक्त उद्योग बनाउन लागेको हो ।