धादिङ जिल्लाका ४ दुग्ध उद्योगमा अनुगमन गरी कारवाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्त रूपमा मंगलवार विभिन्न ४ दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा ४५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको छ ।
अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई १० हजार, एनके दुग्ध उद्योगलाई १५ हजार, महांकाल दुग्ध उद्योगलाई १० हजार र खनाल दुग्ध उद्योगलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला ...