काठमाडौं : देशभर पछिल्लो समय १५ हजार ३४ जनाको कोरोना परीक्षण गर्दा थप एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस अवधिमा दुई हजार ७२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।काठमाडौंमा तीन सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ गरी उपत्यकाभित्र कुल पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।