दुई दिनदेखि पहिरोले अवरुद्ध भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन

रुपन्देही । दुई दिनदेखि पहिरोले अवरुद्ध भएको भालुवाङ–प्युठान सडक खुल्न नसक्दा दशैँमा गाउँ पुगेकाहरु गन्तव्यमा फर्कन पाएका छैनन् । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको […]