काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो। यही असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने सेवा प्रदायकको केबल काट्न थालेको हो।'तोकिएको समयमा पनि नवीकरण नभएपछि शनिबारदेखि तार काट्न सुरु गरेका हौँ' प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सि