काठमाडौं : जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर सामान्य बदली रहेको छ। 'हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।…