काठमाण्डाै – नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि उहाँले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । उहाँले एकतालाई बचाइराख्न पनि आज संसदमा उपस्थित नहुने धारणा राख्नुभयो ।
नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँद...