काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा हितका […]
काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन्। युएइको प्रमुख एयरलाइन्स एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गरेको छ, जसअन्तर्गत द्वन्द्वको अवस्थामा विस्तारित चिकित्सा कभरेज, यात्रा रद्द, ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता सुविधा समेटिएका छन्। एयरलाइन्सका […]
३ असार, काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका …
काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पहिरो खसिरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। कार्यालयले पहिरो झर्ने क्रम जारी नै रहेको जनाउँदै पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भैसकेको जनाएको छ। साथै, यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशनमा बाटोको अवस्था […]