दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी (फास्ट नेपाल) का दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।घलेलाई बर्दिया प्रहरीको सहयोगमा र उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगी