सरकारले फागुन ८ गते संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा सबभन्दा पहिला सडकमा पुगेका थिए–सत्तारुढ दलकै युवा–विद्यार्थी संगठनका नेता कार्यकर्ता । सरकारमा रहेको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, योङ कम्युनिष्ट लिग (वाईसीएल), मजदुरहरुको संगठन ट्रेड युनियन महासंघ तथा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले फागुन ८ पछि लगातार काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन चर्काए । त्यसक्रममा कति त घाइते नै हुन पुगे । तर, युवा विद्यार