काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।
उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।
“उहाँले म निर्दोष छु भनेर लगातार भनिरहनुभएको छ,” गौशाला प्रहरी कार्यालयमा पुगेका कानुन व्यवसायी घिमिरले पत्रकारहरुसँग भने, “अनुसन्धानमा सहयोग गर्छु, कानुनी...