आइतबार मुस्लिम समुदायहरूको बकर इद बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ मनाइँदै छ । बकर इदको दिन हेटौंडा–४ स्थित भैरवरोडमा अवस्थित नेपाली जामे मस्जिद सहितका मस्जिदहरूमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल देखिन्छ ।रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने संस्कार रहेको छ । बकर इद पर्वमा अल्लाहलाई ख