काठमाण्डाै - स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् ।
नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ ।
यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभ...