काठमाण्डौ – वैदेशिक रोजगार व्यवसाय सञ्चालनको लागि इजाजतपत्र प्राप्त संस्था मिलेनियम म्यानपावर कन्सल्टेन्सी प्रालीले इजाजत पत्र खारेजीको माग गरेको छ ।
कम्पनीले इजाजत पत्र खारेजीको माग गरेसँगै त्यो कम्पनीसँग लेनदेन भएको भए सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । धरौटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुकुवा गरी पाउँ भनि निवेदन दिएकाले यदि कसैलाई यसले असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभागमा सम्पर्क गर्न विभागको आग्रह छ । मागबमोजिम खारेज गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुकुवा भइसकेपछि कसैले पन...