काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुभएको हो।
नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहाेरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ । यी मन्त्रालय यसअघि नेकपा (एकीकृत समाजवादी) ले पाएको थियो।
एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला त...