काठमाण्डाै - चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ ।
दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो ।
पुन माओवादी केन्द्रको एक महास...