नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताउनुुभएको छ । बिहीबार काठमाडौँमा महासङ्घको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उहाँले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गर्नुभएको हो । “कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ” उहाँले भन्नुभयो, “तपाईंहरूका मुद्दाका साथमा महासङ्घ …