रामेछाप – रामेछापमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित आज बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ ...