नेपालमा भाषा, व्याकरण र लिपिका बारेमा आआफ्नै खालका बुझाइ छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् । यी सबै मातृभाषा नेपालको संविधानको धारा ६ अनुसार नेपालका राष्ट्रभाषाहरू हुन् ।
काठमाडौं- नेपाल कला परिषदमा शनिबार ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ। रञ्जना नेपालको मौलिक लिपि हो। मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरूको प्रयोग, प्रवर्द्धन हुन सकेको थिएन। क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरूको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपि सिक्न सक्ने स्वरूपमा रूपान्तरण भएकाे हाे। यो लिपिलाई इण्डो आर्यन, मंगोल, […]
शितला माविले एकदिने रञ्जना लिपि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ का विद्यार्थीका लागि केन्द्रित गरेर नेपाल लिपि गुठीको विशेष सहयोगमा गोष्ठी आयोजना गरेको हो।...
दोहा– कतारमा कार्यरत रहेका किरातीहरूलाई मध्यनजर गर्दै किरात राई यायोक्खा शाखा कतारले किरात लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कतारको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा किरात सिरिजङ्गा लिपिमा आफ्नो मौलिक लिपि सिक्न प्रशिक्षार्थी भएर सहभागी भई व्यवहारित रूपमा आफ्नो भाषा लिपि प्रयोग गर्नुपर्नेमा जोड दिइएको किरात राई यायोक्खा शाखा कतारका सल्लाहकार […]
काठमाडौं । इन्डोनेसियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपि सहितको बौद्ध धर्म सँग सम्बन्धित धेरै प्राचीन मूर्तिहरु पाइएको छ । नेपाली बौद्ध भिक्षु डा.सुगन्ध महास्थविर इन्डोनेसियाको राष्ट्रिय संग्रहालयमा अवलोकन भ्रमणमा जाँदा नेवार शैलीको बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित अन्य मूर्तिहरुमा रञ्जना र प्रचलित नेपाल लिपि कुँदिएको पाउनुभएको हो । उहाँले मूर्तिहरुमा र शिलापत्रमा सो […]
काठमाडौँ। राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताइन्। उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई […]
किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन यही पुसमा सार्वजनिक भएपछि यसबारे विवाद उत्कर्षमा पुगेको छ । किरात सिरिजङ्गा लिपिको प्रयोगले किरातहरूलाई एकताबद्ध गर्नुका साथै लिपिको प्रयोग र विस्तारमा समेत एकरूपता हुने भन्दै चार किरात संस्थाअन्तर्गत रहेको किरात समन्वय समितिले २०७८ असोज ११ गते ‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’ गठन गरेको थियो ।डा. तारामणि राई संयोजक रहेको किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि विज्ञ कार्यदलमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गर्ने भएको हो । राउटे बस्तीको अनुगमनमा आएका प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालभित्र लिपि तयार गर्ने बताए । “राउटे समुदायको भाषा जोगाउन र यसलाई लिपिबद्ध गर्न आवश्यक ठानेका […]
लोपोन्मुख राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले राउटे भाषाको लिपि तयार गर्ने भएको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिसक्ने दावी गरे । सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे बस्तीमा आईतबार राहत सामग्री लिएर पुगेका उनले फिरन्ते जीवन बिताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समय अनुकूल परिवर्तन गर्न पनि प्र
काठमाडौं : किरात राई यायोक्खाले ‘किरात सिर्जना लिपि’ बनाउने भएको छ। किरात राई चाम्लिङ खाम्बातिमले शनिबार आयोजना गरेको लिपि बहस तथा प्रशिक्षण कार्यक्रममा भाषाशास्त्री डा.तारामणि राईले लिपि प्रकाशनका लागि तयारी भइरहेकाे जानकारी दिए।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका राईले सबै किरात भाषीलाई समेट्ने गरी लिपि बनाउन अभ्यास गरिरहेको बताए। उनले भने,‘लिपि बनाउनका लागि अहिले विभिन्न भाषिक संस्थाका प्रतिनिधिसँग छलफल,बहस गरिरहेका छौँ,यसको लागि यायोक्खाले गोष्ठी पनि ग