मेगा बैंकका कार्ड प्रयोगकर्तालाई चाडपर्व अफर

मेगा बैंक नेपालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ ।मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो ।यसैगरी, मेगा बैंकमा […]

सम्बन्धित सामग्री

अनरको दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरसम्मको अफर

काठमाडौं। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले चाडपर्व अफर ‘बनाउ दशैं अनरमय’ अफर ल्याएको छ । त्यस्तै ‘अनर को बहार, चाडपर्वमा उपहारै उपहार’ अभियान पनि शुरू गरिएको बताइएको छ, जसमा खरीदकर्ताले स्मार्टफोनको खरीदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्ने बताइएको छ । अफरको पहिलो खण्डमा दैनिक रू. ५ हजार ९९० को अनर एअरबड्स एक्सफाइभ वा रू. ६ हजार ४९० को अनर ब्यान्ड सिक्स जित्ने बताइएको छ । त्यस्तै दोस्रोमा मेगा गिफ्टको रूपमा ४३ इन्च स्मार्ट टिभी वा अनर वाच फोर वा अनर नाइन्टी फाइभजी जित्न सकिने कम्पनीले जानकारी दिएको छ । उपहारको तेस्रो खण्डमा ग्राहकले ल्यापटप वा थाइल्याण्ड टुर र अन्तिम खण्डमा भेस्पा स्कुटर जित्न सकिने बताइएको छ । असोज १४ देखि शुरू भएको यो अफर कात्तिक ३ सम्म कायम रहने बताइएको छ । अनरले योसँगै उपभोक्ताले स्मार्टफोन र सहायक उपकरणको मूल्यमा छूट पाउने बताएको छ ।

मेगा बैंकका ग्राहकलाई ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट

मेगा बैंक Mega Bank Nepal Limited का ग्राहकले ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट पाउने भएका छन् । ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै मेगा बैंकको सहकार्यमा यो अफर ल्याएको हो। कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको हो ।कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको जनाएको छ । कम्पनीले मेगा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने उल्लेख गरेको छ ।