नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ। निर्वाचनपछि पहिलो पटक राजधानीमा दुई दिनसम्म बसेको बैठकले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर भई संविधान र लोकतन्त्र सङ्कटमा पर्न सक्ने खतरा रहेकाले सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन आग्रह गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।