२८ मंसिर, काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ । एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । […]