प्रहरी कार्यालय मातहतका २५ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन बनाइने भएको छ । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।