प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महांकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनको विषय समेट्ने बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महांकाल गाउँपालिकामा शनिवारदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए ।